राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेका छन्।

चितवन क्षेत्र नम्बर २ मा कीर्तिमानी जितपछि उनलाई निर्वाचन कार्यालले प्रमाणपत्र दिएको हो।

अन्तिम परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत पाए। यससँगै उनले भरतपुरमा धन्यवाद सभा पनि गरेका छन्।

उक्त धन्यवाद सभामा रविका हजारौँ समर्थक र कार्यकर्ता जम्मा भएका थिए। उनीहरुले रविलाई बधाई दिँदै आफ्ना अपेक्षा पनि सुनाए।

धन्यवाद सभाका क्रममा रविले आगामी ५ वर्षमा केन्द्रमा बहुमतको सरकार बनाउने गरी अब संगठन विस्तारमा लाग्ने बताए।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर