अभिनेत्री सुरक्षा पन्त आज वैवाहिक बन्धनमा बाँधिएकी छन्। हिजो मात्रै प्रेमी मानव सुवेदीसँग टीकाटालो गरेकी सुरक्षाले आज विवाह गरेकी हुन्। मानव र सुरक्षा ७ वर्षदेखि प्रेममा थिए।

लामो समयदेखि प्रेममा रहेका यी दुईको सम्बन्धबारे गएको प्रणय दिवसमा मात्रै खुलासा गरिएको थियो। त्यसपछिको एक अन्तर्वार्तामा सुरक्षाले निकै मुस्किलले प्रेम सम्बन्ध लुकाएको बताएकी थिइन्।

उनीहरुको विवाह आज चितवनमा भइरहेको छ। उनीहरुको विवाहमा सीमित आफन्त मात्रै सामेल छन्। सुरक्षा आफैंले आफ्नो दुलही लुक्स सार्वजनिक गरेकी छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर