क्रिकेटर सन्दीप लामिछाने भोलि मात्रै जेलबाट छुट्ने भएका छन्। उच्च अदालत पाटनले लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। तर, उनले आज नगद धरौटी बुझाउन नसक्दा भोलि मात्रै रिहा हुने भएका हुन्। अदालतले जायजेथा वा बैंक ग्यारेन्टीलाई मान्यता नदिने भएको छ।
बिहीबार उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। रिहा भएपछि लामिछाने अनुमतिबिना विदेश जान नपाउने भएका छन्।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर