काठमाडौं, ७ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित २७५ मध्ये २७१ सांसदले मात्र बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

४ जना सांसद शपथ ग्रहण समारोहमा भने अनुपस्थित रहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

उनले अनुपस्थिति भएकाहरूको शपथ पछि हुने जानकारी दिए ।

महिन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र राजकुमार राई अनुपस्थिति भएका हुन् ।

अन्य २७१ जनालाई बिहीबार दिउँसो ज्येष्ठ प्रतिनिधिसभा सदस्य पशुपति शमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शपथ गराएकी थिइन् ।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर