सिरहा पोस्ट
४ पुस । सरकारले पुस ५ गतेदेखि देशका ५७ जिल्लाका किशोर किशोरीलाई कोरोनाविरुद्धको मोडर्ना खोप दिइँदैछ।

१२ देखि १७ वर्ष उमेर स मूहका किशोर(किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मोडर्ना खोप कार्यक्रम आगामी १४ पुससम्म चल्नेछ।
बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी सरकारले गरेको हो। सम्बन्धित वडाले विद्यार्थीलाई पायक पर्ने गरी विद्यालयहरुमा खोप केन्द्र निर्धारण गर्नेछन्।

प्रदेश १ का ११, प्रदेश २ का पाँच, बागमतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ नौ जिल्ला र सुदूरपश्चिम प्रदेशका सात जिल्ला गरी ५७ जिल्लाका सबै किशोर(किशोरीलाई मोडर्ना खोप दिन लागिएको हो।

प्रदेश १ को ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर जिल्लाका किशोर किशोरीले यो खोप पाउँदैछन्।
त्यसैगरी प्रदेश २ को सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा, बागमती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर, गण्डकीका गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत तथा लुम्बिनी प्रदेशको रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दियामा पनि खोप कार्यक्रम सञ्चालन हुनेछ।

कर्णालीको डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान तथा सुदूरपश्चिमको बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुरका किशोर(किशोरीलाई पनि मोर्डना खोप दिन लागिएको मन्त्रालयले जनाएको छ।

बाँकी २० जिल्लामा भने फाइजर खोप लगाउने मन्त्रालयले जनाएको छ।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर