राजविराज, २३ माघ । राजविराज नगरपालिका वडा नम्बर १६ का पूर्ववडाध्यक्ष बुचाई दास उज्यालो नेपाल पार्टीमा आबद्ध हुनुभएको छ । शुक्रबार राजविराजमा आयोजित एक विशेष कार्यक्रमका बीच उहाँ औपचारिक रूपमा सो पार्टीमा प्रवेश गर्नुभएको हो ।
उज्यालो नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङले दासलाई फूलमाला र गम्छा ओढाएर पार्टीमा स्वागत गर्नुभयो । दास यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालमा सक्रिय हुनुहुन्थ्यो । उहाँले सो पार्टी परित्याग गरी नयाँ राजनीतिक यात्रा सुरु गर्नुभएको हो ।

वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा दास तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट राजविराज नगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । स्थानीय राजनीतिमा प्रभाव राख्ने दासको पार्टी परिवर्तनलाई राजविराजमा अर्थपूर्ण रूपमा हेरिएको छ ।







