राजविराज – सानिमा बैंक बोदेबर्साईन शाखाले आइतबार २१ औं वार्षिकोत्सव मनाएको छ। बैंकले यस अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आफ्नो यात्रा र उपलब्धिहरू साझा गरेको छ।

कार्यक्रममा निमित्त शाखा प्रबन्धक भक्त बहादुर बिष्टको अध्यक्षता रहेको थियो भने वडा अध्यक्ष मो. मोजिबुर रहमान प्रमुख अतिथि थिए। काली हार्डवेयरका प्रो. नारायण भगत विशेष अतिथिका रूपमा उपस्थित थिए।

शाखा प्रबन्धक बिष्टले २१ वर्षको अवधिमा बैंकले सबल र विश्वसनीय संस्थाको रूपमा आफ्नो पहिचान बनाउन सफल भएकोमा खुशी व्यक्त गर्दै संचालक समिति, व्यवस्थापन समूह र सम्पूर्ण कर्मचारी तथा सरोकारवालाप्रति आभार व्यक्त गरे। उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति र विभिन्न कार्यक्रमहरू गर्दै आएको पनि बताए।

कार्यक्रममा बैंकले आफ्नो वेबसाइटलाई आधुनिक प्रविधि प्रयोग गरी थप सुविधा सहित परिष्कृत रूपमा सञ्चालनमा ल्याएको घोषणा गरिएको छ। नयाँ वेबसाइटमार्फत खाता खोल्ने, डिम्याट खाता, सीआस्वा र मेरो शेयर आवेदन दिने तथा विदेशमा रहेका नेपालीहरूले ईकेवाइसी र भीकेवाइसीबाट खाता अद्यावधिक गर्न सक्ने सुविधा उपलब्ध भएको जानकारी दिइयो।

बिष्टका अनुसार सानिमा बैंकका सातै प्रदेशमा १३४ वटा शाखा र १४५ भन्दा बढी एटीएम सञ्चालनमा रहेका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर