आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली चलचित्र ‘वरिष्ठ बलराम’प्रदर्शन हुने भएको छ । चलचित्रमा रङ्गमञ्चमा गुरूचेलाका रुपमा परिचित अभिनेता दयाहाङ राई र अभिनेता विजय बरालले पहिलोपटक समान्तर भूमिका निर्वाह गरेका छन् ।

यसअगाडि यी दुई जनाले सँगै अभिनय नगरेका हाेइनन्, तर ती पटकथामा अभिनेता राई मुख्य र अभिनेता बराल सहायक भूमिकामा थिए ।

यस चलचित्रमा आफ्नो आवरणमा पनि भिन्नता ल्याउने प्रयत्न गरेको अभिनेता राईले बताए ।
अभिनेता बरालले आफूले यसपटक काम गर्दा भिन्नता महसुस गरेको बताए ।

यस चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको उक्त चलचित्रको पटकथा महेश दवाडीले तयार गरेका हुन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर