राजविराज,२२ असोज । लामो समयदेखि निर्माण सम्पन्न भएर पनि राजविराज बसपार्क सञ्चालनमा नआएपछि जेनजी यूवाहरूको एक समूहले असन्तुष्टि जनाएका छन् ।

जेनजी यूवाहरूले आज राजविराजका यातायात व्यववायीका काउन्टरहरूमा गएर जानकारी दिँदै तत्काल बसपार्कबाट यातायात सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । उनीहरूले चेतावनी दिँदै भनेका छन्, “बसपार्कबाट यातायात सञ्चालन गर्न ढिलाइ भयो भने हामी बजार क्षेत्रमै गाडी चल्न दिँदैनौँ।”

स्थानीय व्यवसायीका अनुसार बसपार्क आवश्यक सबै संरचना तयार भइसकेको छ तर सञ्चालनका लागि आवश्यक प्रशासनिक तयारीमा ढिलाइ भइरहेको छ । यसले बजार क्षेत्रमा ट्राफिक समस्या र यात्रुहरूमा असुविधा बढाएको उनीहरूको गुनासो छ।

केही व्यवसायीले भने केही प्राविधिक र व्यवस्थापकीय कारणले बसपार्क सञ्चालनमा ढिलाइ भएको बताएको छ। तर जेनजी यूवाहरूले तत्काल सञ्चालन नगरे जनआन्दोलनको स्वरूप लिने चेतावनी दिएका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर