नायिका नीति शाहले विवाह गरेकी छन् ।

शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर शाहले यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् ।

न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनको विवाह भएको हो । लगत्तै विवाहको प्रमाणपत्र दिइएको छ ।

नीति र यचित प्रेम सम्बन्धमा रहेको चर्चा केही समयदेखि चल्दै आएको थियो ।

सामाजिक सञ्जालमा समेत उनीहरूको निकटता प्रस्टै झल्किन्थ्यो ।

‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि चुमेकी नीति चलचित्र ‘खजुरे ब्रो’बाट कलिउडमा प्रवेश गरेकी थिइन् । यो फिल्मले व्यावसायिक रूपमा सफलता प्राप्त नगरेपनि उनको भने चर्चा भएको थियो ।

गत दशैंमा उनी अभिनित चलचित्र ‘ज्वाइँ साप’ प्रदर्शन भएको थियो । उक्त चलचित्र व्यावसायिक रूपमा सफल नै भएको थियो ।

नीति अभिनित अर्को चलचित्र ‘नरसिंहा अवतार’ आउँदो जेठ ९ गते प्रदर्शनमा आउँदैछ । दिवाकर भट्टराईको निर्देशमा बनेको यो चलचित्रबाट राजेश हमालले पनि कमब्याक गर्दैछन् । नीतिले चलचित्रमा हमालसँग स्क्रिन शेयर गरेकी छन् ।

सैन्य परिवारमा हुर्किएकी नीति मोडलिङ क्षेत्रबाट फिल्ममा प्रवेश गरेकी हुन् । नीतिका बुबा अवकाशप्राप्त कर्णेल हुन् भने आमा शिक्षिका हुन् । काठमाडौंमै जन्मे हुर्केकी नीति एक्ली सन्तान हुन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर