काठमाडौं । घरेलु बक्स अफिसमा ‘लाज शरणम्’ र ‘होस्टेल ३’बीच प्रतिस्पर्धा हुने देखिएको छ । एक साताको अन्तरालमा रिलिज भएका यी दुई फिल्मको कमाइमा झण्डै ४० लाख रुपैयाँको अन्तर देखिएको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस डेटाअनुसार ‘लाज शरणम्’ले प्रदर्शनको २० दिनसम्म देशब्यापी झण्डै ३ करोड ८६ लाख रुपैयाँ ग्रस कमाएको छ ।

कुमार कट्टेल निर्देशित ‘लाज शरणम्’मा सीताराम कट्टेल, अर्पण थापा, महेश त्रिपाठी, अर्जुन घिमिरे पाँडे, सागर लम्साल बले लगायतका चर्चित अनुहारले अभिनय गरेका छन् ।
सशान कँडेल ‘सन्तोष’ निर्देशित ‘होस्टेल ३’मा पारस बम ठकुरी, सिम्रन पन्त, रिहान गिरी लगायतका डेब्यु कलाकारहरूको अभिनय छ ।






