एसपी यादव/सर्लाही, मङ्सिर ६ गते । मधेश प्रदेशमा दोस्रो पटक सरकारको नेतृत्व गर्न लागेका सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले शपथ गराउने कार्यक्रम छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव शनिबार नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त भएका यादवसामु अब प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु प्रमुख राजनीतिक चुनौतीका रूपमा रहेको छ । उनले सात दिनभित्र विश्वासको मत लिने तयारी रहेको बताएका छन् ।

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर