एसपी यादव/सर्लाही, मंसिर ५ गते । जिल्लाको पर्सा गाउँपालिका-२ स्थित संग्रामपुर चोकमा रहेको एक किराना पसलमा रेडबुल खरिद गरी भुक्तानी गर्ने क्रममा नक्कली नोट दिएको पाइएपछि एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्ला, बेला थाना-९ नारगा टोल निवासी कारी अंसारीका करिब ३० वर्षीय छोरा अब्दुल समसद रहेका छन् ।

यसरी पक्राउ परे अब्दुल समसद

सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, शनिबार अब्दुल समसदले संग्रामपुर चोकस्थित चन्दन झाको ‘चन्दन किराना पसल’मा रेडबुल खरिद गरी भुक्तानीका क्रममा एक हजार रुपैयाँको नोट दिएका थिए । उक्त नोट शंकास्पद तथा नक्कली जस्तो देखिएपछि पसल सञ्चालकले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

गौतमले भने, “प्रहरीले सूचना प्राप्त हुनासाथ घटनास्थल पुगेर समसदलाई नियन्त्रणमा लिई सोधपुछ तथा शरीर खानतलासी गरेको थियो । खानतलासीका क्रममा उनको साथबाट एक हजार रुपैयाँ दरका ११ थान नेपाली नक्कली नोट र सक्कली नेपाली नगद ६ हजार ८ सय ३० रुपैयाँ बरामद भएको छ । पक्राउ परेका समसदलाई जिल्ला प्रहरी कार्यालय मलंगवामा ल्याई थप अनुसन्धान भइरहेको छ ।”

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर