राजविराज,२६ चैत्र । मधेश प्रदेश भन्दा बढी भ्रष्टाचार पश्चिममा भएपनि बद्नाम मधेश प्रदेश हुने गरेको गैर सरकारी संस्था महासंघका केन्द्रिय सदस्य तथा मधेश प्रदेश इन्चार्ज यादव सरकारले बताउनु भएको छ।
मधेश प्रदेशमा नागरिक सम्मेलन गर्ने तयारीमा जुटेको बताउँदै स्थानीय पालिकाले गैसस संग माग्ने गरेको ५० प्रतिशत कमिशन नदिन दबाब सृजना गर्नु पर्नेमा जोड् दिनुभयो ।


आ-आफ्नो क्षेत्रका सांसदहरु संग पनि कमिशन तंत्र अन्त्य का लागि पहल गर्न गैससकर्मीहरुलाई आग्रह गर्नुभयो ।
गैसस सप्तरीले जिल्ला दौडाहामा आएका केन्द्रिय सदस्य तथा मधेश प्रदेश इन्चार्ज सरकार र प्रदेश कोषाध्यक्ष यादवका लागि आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो।
मधेश प्रदेशका कोषाध्यक्ष लक्ष्मण यादवले देश कतातिर जाने हो, व्यवस्था परिवर्तन हुने हो कि भने संक्रमणकालीन अवस्थामा गैसस महासंघका गतिविधि प्रभावित हुनु स्वभाविक रहेको बताए।

मधेश प्रदेशको आफनै कार्यालय भवन निर्माणका लागि केन्द्रिय समितिको सहयोग आवश्यक रहेकोले त्यसका पहल गरिदिन आग्रह गर्नुभयो।
वरिष्ठ गैससकर्मी देव नारायण यादवले गैसस महासंघ भित्रको राजनीतिकमा राजनीतिक दल प्रवेश गर्नु दुःखद् रहेको बताए।
नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै गैसस महासङ्घका जिल्ला सचिव नवीन नरसिंह नेपालीले गैसस महासङ्घको गतिविधि गैसस सदस्य मैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
गैसस महासंघका जिल्ला अध्यक्ष दीपक कुमार झाको अध्यक्षता तथा केन्द्रीय सदस्य तथा मधेश प्रदेश इन्चार्ज यादव सरकारको प्रमुख आतिथ्य एव मधेश प्रदेश कोषाध्यक्ष लक्ष्मण यादवको विशिष्ठ आतिथ्यमा सम्पन्न कार्यक्रममा गैसस महासंघका सप्तरीका सदस्य पार्थो सरकारले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए। 
कार्यक्रममा ऋतु सिंह , त्रिभुवन चौधरी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम संचालन गैसस महासंघका जिल्ला सचिवालय सचिव नीर बहादुर आलेले गरेका थिए।
गैसस सप्तरीका अध्यक्ष झा र सचिव नेपालीले गम्छा ओढाएर सरकार र यादवलाई सम्मान गरेका थिए।







