राजविराज,२१ चैत्र । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो नेतृत्वको टोलीले बिहीवार सप्तरीको दुई वटा कार्यालयको अनुगमन निरीक्षण गरेको छ।
मुख्य न्यायाधिवक्ता महतोको नेतृत्वमा रहेको टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासत कक्ष,अपराध अनुसन्धान शाखा लगायत अन्य शाखाहरुको अनुगमन निरीक्षण गरेको हो।
टोलीले आजै जिल्ला कारागार कार्यालय सप्तरीको अनुगमन तथा निरीक्षण गर्नुका साथै कैदी बन्दीहरुसँग प्रत्यक्ष भेटघाट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी सार्वजनिक गरेका छन्।
तस्विरहरुमा आजको कार्यक्रम

 

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर