राजविराज, २९ मंसिर । नेपाल पाराभेटनरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला) जिल्ला कार्य समिति सप्तरीको ११औँ अधिवेशन सम्पन्न भएको छ। सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–१ मा सोमबार आयोजित अधिवेशनले पाण्डे कुमार मेहताको नेतृत्वमा नयाँ जिल्ला कार्य समिति चयन गरेको छ।

जिल्ला कार्य समिति सप्तरीका अध्यक्ष पाण्डे कुमार मेहताको अध्यक्षता तथा नेभ्लाका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको उद्घाटन मैनबत्ती बालेर गरिएको थियो। उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष मेहतासहित केन्द्रीय महासचिव विश्वेश्वरप्रसाद यादव, केन्द्रीय सदस्य सत्यनारायण चौधरी, मधेश प्रदेश अध्यक्ष रामेश्वर यादव, कोशी प्रदेश अध्यक्ष योगेन्द्रप्रसाद यादव तथा ज्येष्ठ पाराभेटकर्मी देवकान्त चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

नेभ्ला सप्तरी सल्लाहकार समिति संयोजक श्याम कुमार चौधरीद्वारा सञ्चालन गरिएको कार्यक्रममा स्वागत मन्तव्य अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका पशु शाखा प्रमुख सतिश कुमार चौधरीले राखेका थिए।

अधिवेशनले पुनः पाण्डे कुमार मेहताको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत रूपमा गठन गरेको छ। समितिको उपाध्यक्षमा यसोधर यादव, सचिवमा शिव नारायण विराजी, सह–सचिवमा श्रवण कुमार मण्डल तथा कोषाध्यक्षमा सन्तोष कुमार चौधरी चयन भएका छन्।

यस्तै, सदस्यहरूमा गैतम चौधरी, प्रमाणन्द यादव, सुरेन्द्रप्रसाद यादव, अमित कुमार चौधरी, पिलु खड्का, सुनिता साह, कुलानन्द चौधरी, रामप्रसाद चौधरी, धनजित खड्का र भागवत महतो रहेका छन्।

अधिवेशनले श्याम कुमार चौधरीको संयोजकत्वमा सतिश कुमार चौधरी र हेम नारायण मण्डल सदस्य रहेको तीन सदस्यीय जिल्ला सल्लाहकार समिति समेत गठन गरेको नवनिर्वाचित अध्यक्ष मेहताले जानकारी दिएका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर