२ मंसिर, काठमाडौं । सरकारले कृषिउपजको बिक्रीका लागि बजारसम्म सहज पहुँच पुर्‍याउने उद्देश्यले कृषि एम्बुलेन्समा लगानी बिस्तार गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि एम्बुलेन्स सञ्चालन गर्न केही पालिकामा रु दुई करोड ७० लाख सहयोग गरेको हो । देशका विभिन्न १८ पालिकामा प्रतिपालिका रु १५ लाखका दरले रकम पठाइएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । सङ्घीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा किसानले उत्पादन गरेका कृषिउपज ढुवानीका लागि एम्बुलेन्स सञ्चालन गरिने उनले बताए ।

विकट बस्तीका किसानलाई लक्षित गरी उत्पादित दूध, ताजा तरकारी, आलु, सुन्तलालगायत कृषिउपजको बजारीकरणमा सहयोग पु¥याउन कृषि एम्बुलेन्स सञ्चालन गर्न सम्बन्धित गाउँपालिकाले आवश्यक कार्यविधि बनाउने छ ।

एम्बुलेन्स सञ्चालनका लागि जनशक्ति, तापक्रम व्यवस्थापन, सेवा शुल्क निर्धारणलगायत विषय स्थानीय तहले नै गर्नेछ ।

किसानलाई खेतीतर्फ प्रोत्साहन गर्न विभिन्न प्रदेश तथा स्थानीय तहलाई पनि कृषि एम्बुलेन्स सञ्चालन गर्न मन्त्रालयले सुझाएको र एम्बुलेन्स प्रभावकारी सञ्चालन गरिएका कतिपय पालिकामा कृषिउपजको बजारीकरण गरी किसान लाभान्वित भएका जनाइउको छ ।

कृषि क्षेत्रको प्रवर्द्धनमा टेवा पु¥याउन सरकारले किसानलाई व्यावसायिक सीप, तालिम, मल, बीउबिजन, प्रविधि तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर