काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।
शेख हसिनालाई गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहका क्रममा मानवताविरुद्धको अपराधको अभियो लगाइएको थियो।

भारतमा निर्वासनमा बसिरहेकी शेख हसिनाको अनुपस्थितिमा उनको विरुद्धको मुद्दा चलाइएको थियो।
४५३ पृष्ठको फैसला पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले यो छ भागमा दिइने बताए।
फैसलाको घोषणा बंगलादेश टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।






