काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, एभरेष्ट अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जना र टिचिङ अस्पतालमा एक जना गरि १६ जनाको मृत्यु भएको हो ।

एसएसपी खनालका अनुसार प्रदर्शनका क्रममा एक सय ३३ जना घाइते भएकोमा ३३ जना उपचारपछि घर फर्किएका छन् । बाँकी १०० जनाको अहिले पनि काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये १९ जना नेपाल प्रहरीका छन् । प्रहरीका अनुसार बानेश्वर क्षेत्रमा अहिले पनि प्रदर्शन भइरहेको छ । एसएसपी खनालले भने, ‘बानेश्वरमा अहिले पनि प्रदर्शन भइरहेको छ, हामीले प्रदर्शनकारीलाई तितरबितर पार्ने काम गरिरहेका छौं ।’

बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि प्रदर्शनकारीहरू पछि हटेका छैनन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर