काठमाडौँ। साफ यू–२० महिला च्याम्पियनसिपमा श्रीलंकालाई पराजित गर्दै नेपाली युवा टोलीले उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ।

बिहीबार बंगलादेशको ढाकास्थित वसुन्धरा स्पोर्ट्स मैदानमा भएको खेलमा नेपालले श्रीलंकालाई ७–० को फराकिलो अन्तरले पाखा लगाएको हो।

पहिलो हाफमा ४–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल थप्यो। नेपालको जितमा कुसुम खतिवडा र समिक्षा मगरले समान २ गोल गरे।

पूर्णिमा राना, सरिता कुमारी र बिर्सना चौधरीले समान एक गोल गरे।

लिग चरणको पहिलो खेलमा नेपालले श्रीलंकामाथि ७–० को जित दर्ता गरेको थियो। च्याम्पियनसिपमा लगातार चौथो हार भोग्दै उपाधि दौडबाट बाहिरिसकेको श्रीलंकाले चार खेलमा २६ गोल खाँदा एक गोल मात्र फर्काएको छ।

च्याम्पियनसिपमा नेपाली टोली घरेलु टोली बंगलादेशसँग ३–२ ले पराजित भएको थियो। भुटानलाई भने ६–१ ले पाखा लगाएको थियो।

च्याम्पियनसिपमा नेपालले पर्सि शनिबार भुटानसँग खेल्नेछ। अन्तिम खेलमा बंगलादेशसँग खेल्ने तालिका छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर