सप्तरी,१६ वैशाख । संघीय कानून व्यवस्थापन समितिले सप्तरीमा बालबालिका सँग अन्तरक्रिया गरेको छ।
जिल्लाको खडक नगरपालिकामा बालबालिकाले गरिरहेको कार्यक्रम र समस्या तथा संघीय सरकारबाट गरिनु पर्ने नीति कार्यक्रम एंव मुद्धा लगायतका विषयमा दोहोर अन्तरक्रिया गरिएको हो ।


खडक नगरपालिका सप्तरी र कन्सोरटियम नेपालको समन्वय तथा सहकार्य, सेभ द चिल्ड्रेन र सबल नेपाल सप्तरीको साझेदारीमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रियसाभा सदस्य आनन्द प्रसाद ढुंगाना , संघीय सांसद बेदुराम भुसाल , सांसद कृष्ण बहादुर रोक्का , सांसद सुरेश कुमार आले मगर , सह सचिव मनोज कुमार गिरी , शाखा अधिकृत पर्वल पौडेल , खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेश कुमार झा , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी सुशीला कुमारी चौधरी , अनिता कुमारी साह , समाजिक बिकास शाखाका रामाकान्त चौधरी र जिल्ला तथा नगर बाल क्लब संजालका बालबालिकाहरुको सहभागिता रहेको थियो ।

खडक नगरपालिकाको उप- प्रमुख रिता कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दिगो बिकास लक्ष्य सहित कार्य गरेर अगाडि बढनुपर्ने भन्दै बालबालिकालाई सुधार समेत गर्नु पर्ने सुझाव दिएको थियो।

सबल नेपाल र खडक नगरपालिकाको सहकार्यमा बालबालिकाको क्षेत्रमा राम्रो कार्य गरेको भन्दै सहभागी सांसद तथा वक्ताहरुले प्रशंसा गरेको सबल नेपालका नीर बहादुर आले मगरले जानकारी दिनुभयो।






