राजविराज । नेपाल राष्ट्रिय बांग्ला समाजद्वारा प्रकाशित प्रथम भित्तेपात्रो (क्यालेण्डर)को मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विहिवार सार्वजनिकीकरण गर्नु भएको छ ।
मधेश प्रिमियर लिगको समापन तथा पुरस्कार वितरण कार्यक्रममा आउनुभएका मुख्यमन्त्री सिंहले राजविराज पवि माविकै प्रागंनमा बांग्ला समाजद्वारा प्रकाशित भित्तेपात्रोको सार्वजनिकीकरण गर्नु भएको हो ।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सप्तरी प्रमुख(एसपी) ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान सप्तरीका प्रमुख सुरेन्द्र कोइराला, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, बलान विहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, गैसस मधेश प्रदेश कोषाध्यक्ष लक्ष्मण यादव, कोशी टेलिभिजनका अध्यक्ष नविन नरसिंह नेपाली, सिभिल इन्फोरमेटिक एण्ड सोलुशन प्रा.ली.का निर्देशक संदिप कुमार झा,मधेश प्रिमियर लिगका अध्यक्ष ई.संजिव नारायण यादव, समाजसेवी तुलानाथ माझी, समाजसेवी एवं युवा नेता सतेन्द्र यादव, नेपाल राष्ट्रिय बांग्ला समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकार लगायतको उपस्थिती रहेको थियो ।








