राजबिराज,११ बैशाख। गैर सरकारी संस्था महासंघ शाखा सप्तरीले लोकतन्त्र दिवसको अवसरमा विहिवार राजविराजमा किशोर किशोरीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
महासंघ शाखा सप्तरीले स्थानीय आईगार्डेन होटलमा गरेको कार्यक्रममा २४ जना किशोर किशोरीहरुको सहभागीता रहेको थियो ।


अन्तरक्रियामा महासंघ शाखा सप्तरीका अध्यक्ष दिपक कुमार झाले लोकतन्त्रवारे किशोर किशोरीहरुलाई प्रवचन दिएका थिए ।
अन्तरक्रियामामा गैसस महासंघ शाखा सप्तरीका सचिव नविन नरसिंह नेपाली, सदस्य पार्थो सरकार, महासंघका केन्द्रिय सदस्य रुबी मिश्रा, गैसस महासंघ शाखा सप्तरीका सचिवालय सदस्य सचिव निर बहादुर आले मगर लगायतले आ—आफ्नो बिचार व्यक्त गरेका थिए ।










