राजविराज,२० चैत्र । सप्तरीको राजविराजमा हुने भनिएको मधेश प्रिमियर लिग(एमपिएल) सिजन ३ को तयारी अन्तिम चरणमा पुगेको छ ।
मधेश प्रिमियर लिग(एमपिएल) आयोजक समितिका अध्यक्ष ईन्जिनियर संजीव नारायण यादवले कोशी टेलिभिजनसँगको संक्षिप्त कुराकानीमा अगामी २०८२ बैशाख २ गते देखि एमपिएल हुनेछ, जसका लागि हामी तयारीको अन्तिम चरणमा छौं उनले भने ।

एमपिएल आयोजक समितिका उपाध्यक्ष ईन्जिनियर  तिर्थ नारायण दासले एमपिएलमा झापा देखि पश्चिम कंचनपुर सम्मका कूल ६ वटा टिम सहभागी हुने बताए । उनले खेलाडी टिम दर्ताको काम सम्पन्न भईसकेको र हाल सम्म सप्तरी बालन बिहुल बिश्नुपुर सुपर किंग्स, जनकपुर सनराईजर्स, मिथिला वारियर्स, कोशी दुहबी क्यापिटलस, काठमाडौं रोयल्स र पोखरा गणपति राइडर्स टिमले लिग खेलनका लागि आ—आफ्नो टिम दर्ता गराई सकेको बताउनुभयो ।

आयोजक समितिका सचिव राहुल देवले मधेश प्रिमियर लिग(एमपिएल) सिजन ३ मा सहभागी हुने टिमका खेलाडीहरुलाई यही चैत्र २३ गते लहानमा अक्सन कार्यक्रम राखिएको बताए ।
एमपिएल सिजन ३ सप्तरीको राजविराजस्थित रहेको पब्लिक माध्यमिक विधालयको खेल मैदानमा हुनेछ, जसका लागि दक्ष प्राविधिक टोलीको रेखदेख र निगरानीमा खेल मैदान (ग्राउण्ड)को मर्मत सम्भार कार्य द्रुतगतिमा भईरहेको छ ।

खेलको एम्पायरमा अन्तराष्ट्रिय क्रिकेट खेलाडी बुद्धि बहादुर प्रघानलाई राखिने तयारी भैरहेको आयोजकले जनाएको छ ।

मधेश प्रिमियर लिग (MPL) आयोजक समितिका पदाधिकारीहरु अन्तराष्ट्रिय क्रिकेट खेलाडी बुद्धि बहादुर प्रघानसँग लिगवारे छलफल गदै।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर