राजविराज, १६ चैत्र । नेपाल पत्रकार महासंघ, सप्तरी शाखाले समाचार संकलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्याको विरोधमा प्रदर्शन गरेको छ।

शनिबार (आज) नेपाल पत्रकार महासंघ सप्तरीको आयोजनामा पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा प्रदर्शन गरिएको हो।

समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा देशभरका पत्रकारहरू आन्दोलित छन्।

महासंघको भवन अगााडीबाट सुरु भएको विरोध र्‍याली राजविराजको मुख्य सडक हुँदै दशन चौक पुगेर सभामा परिणत भएको थियो। पत्रकारले बोकेको प्लेकार्डमा पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर, पत्रकार हत्याको छानबिन गर, प्रेस स्वतन्त्रता जिन्दावाद लगायतको नारा लेखिएको थियो।

शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएको भिडियो सार्वजनिक भएको छ। उनको त्यहीँ जलेर मृत्यु भएको थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर