राजविराज, २८ साउन ।
२५ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राजविराजमा सोमबार बृक्षारोपण गरिएको छ । सप्तरी युथ नेपाल, सबल नेपाल, र सप्तरी क्रिकेट संघको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण गरिएको हो ।
जिल्लाको स्थानीय तहका विभिन्न सार्वजनिक स्थलहरुमा चौध हजार बोटबिरुवा रोप्ने कार्यक्रम अन्तर्गत पब्लिक बिन्देशरी माध्यमिक विद्यालयको प्राङ्गणमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर बृक्षारोपण गरी अभियानको सुरु गरिएको सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादवले बताए ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद एवम् महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा खानेपानी मन्त्री प्रदीप कुमार यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, प्रहरी उपरीक्षक गजुसिद्वी बज्राचार्य, युवा तथा सरसफाई अभियन्ता धीरेन्द्र कुमार शाह, र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा बृक्षा रोपण अभियानको उद्घाटन गरिएको उनले जानकारी दिए ।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर