राजबिराजमा संचालित सप्तरी प्रिमियर लिग छैठाे सिजन मेयर कपकाे तेस्राे दिनकाे खेलमा छिन्न्मस्ता लायन्स र कंचनरूप राईनाेज बिजयी भएकाे छ।
राजबिराज राजदेबी ११ लाई ६ बिकेटले पराजित गर्दै छिन्मस्ता लायन्स बिजयी भएभने कंचनरूपले बलानलाई २० रनले पराजित गर्दै बिजयी भएको हो ।
पहिलाे खेलमा राजदेबीले दिएकाे ६८ झिनाे लक्ष्य पछयाउने क्रममा छिन्मस्ता लायन्सले ६ बिकेट गुमाएर बिजयी भएका छन् । टस जितेर राजबिराजले १६ ओभर ३ बलमा १० बिकेट गुमाएर ६८ रन मात्र बनाउन सकेका थिए।
जसमा बिजय यादब १६ रन, दिलिप नाथ १४ र श्रवण यादबले १० जाेडेका थिए। बलिंग तर्फ छिन्मस्ताका गुणान्नद राय ३ बिकेट र विशाल पटेल, भिम सार्की, माेहम्मद साेहिलले समान्य २/२ बिकेट लिएका थिए।
प्रतिउतरमा छिन्मस्ता लायन्सले ९ ओभर ५ बलमा ४ बिकेट गुमाएर बिजयी भएका थिए। जसमा उत्कृष्ट ब्याटिंग गर्दै मयन यादबले ४२ रन बनाउदै अबिजित खेलेका थिए भने सुमित नेवारले ११ रन जाेडेका थिए।
बलिंग तर्फ राजबिराजका रिजन ढकाल २ बिकेट तथा श्रवण यादब र जितेन्द्र यादबले १/१ बिकेट लिएका थिए।
खेलकाे प्लेयर अफ म्याच गुणान्नद राय घाेषित भएका थिए भने गेम चेन्जर विशाल पटेल भएका थिए।
उक्त अवसरमा सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्लेयर अफ दि म्याचलाई र गेम चेन्जरलाई सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले कप सहित प्लेयर अफ दि म्याचलाई पुरस्कार ३ हजार र गेम चेन्जरलाई १५ सय नगद पुरस्कार बितरण गरेका थिए।
सप्तरीवाट सरूवा भएर जाने प्रमुख जिल्ला अधिकारी किरण थापालाई सप्तरी क्रिकेट सँघका उपाध्यक्ष निरज सिँह, सचिव चन्दनकुमार यादब, प्रतियाेगिता संयाेजक राेशन मण्डलले गम्छा र मायाकाे चिनाेवाट सम्मान गरेका थिए।
आइतबारै सम्पन्न खेलमा कंचनरूप राईनाेज र बलानबिहुल सुपर किंग बिच भएकाे दाेस्राे खेलमा कंचनरूप राईनाेजले बलानलाई २० रनले पराजित गर्दै बिजयी भए ।
दाेस्राे खेलमा कंचनरूपले दिएकाे १ सय ५३ रनकाे लक्ष्य पछयाउने क्रममा बलानले २० ओभरमा ९ बिकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सकेका थिए।
टस जितेर कंचनरूपले २० ओभरमा ६ बिकेट गुमाएर १ सय ५३ रनकाे याेगफल खडा गरेका थिए। जसमा राशिद खानले ३९ रन बनाउदै अबिजित खेलका थिए, अर्का ब्याटर राहुल मण्डल ३७ रन, राकेश कामैत २९ रन, महान्नद यादबले १९ रन बनाउदै अविजित रहे। बलिंग तर्फ बलानका सन्ताेष कार्कीले ५ बिकेट र सहाव आलमले १ बिकेट हात पारे।
प्रतिउतरमा बलानले २० ओभरमा ९ बिकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सकेका थिए। जसमा बबु गाेहित्याले ५८ रनले उत्कृष्ट ब्याटिंग गरेपनि जितकाे लागि प्रयाप्त हुन सकेन, यसैगरी सन्ताेष कार्किले १२ रन बनाएका थिए।
बलिंग तर्फ कंचनरूपका दिनेश अधिकारी ४ बिकेट, राहुल मण्डल ३ बिकेट तथा चित्रबहादुर बिष्ट र अरनिकाे प्रसाद यादबले १/१ बिकेट लिएका थिए।
खेलकाे प्लेयर अफ दि म्याच राहुल मण्डल र गेम चेन्जर दिनेश अधिकारी घाेषित भएका थिए।
पुरस्कृत दुबै खेलाडीलाई राजबिराज नगरपालिका ५ का वडा अध्यक्ष बन्धुलाल दास र ईन्सेक प्रतिनिधि तथा संचारकर्मि मनाेहर पाेखरेलले कप सहित ३ हजार र १ हजार ५ सय नगद प्रदान गरेका थिए।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर