
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ स्थित रुपनी बजारमा गाउँपालिकाद्वारा आइतबार डष्टवीन वितरण गरिएको छ । रुपनी गाउँपालिका १ नम्बर वडाकी अध्यक्ष लिला यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका वीच १ सय ८६ थान डष्टवीन वितरण गरिएको हो ।
“आ-आफ्नो पसल तथा घरको अगाडी सफा राखाै, फोहरलाई जथाभावी नफ्याकी डस्टवीनमा राखाै” भन्ने नाराको साथ रुपनी बजारका घर तथा पसलहरुमा डष्टवीन वितरण गरिएको रुपनी गाउँपालिकाले जनाएको छ ।
उक्त अवसरमा प्रमुख अतिथी दिनेश कुमार यादव,वडा अध्यक्ष लिला यादव,वडा सद्स्यहरु बविता साह,सुर्य नारायण सदा,अनारवती पासमान, पुर्व वडा अध्यक्ष पिताम्बर यादव,इलाका प्रहरी कार्यलय रुपनीका प्रमुख प्रहरी नायव निरीक्षक पुलकित यादव,वडा सचिब गिरधर मेहता,, स्थानीय ब्यापारीहरु गजेन्द्र भगत,किसुन साह,दिनेश चाैरसियाा,मनोज यादव,सन्तोष यादव,बद्री साह ,युवा,विधार्थी महिलाहरु लगायतले रुपनी बजारको सरसफाइ समेत गरेका थिए ।
भगत कन्ट्र्क्सनद्वारा आयोजित सरसफाइ तथा डस्टवीन वितरण कार्यक्रममा बजारका १ सय ८६ जना ब्यापारी तथा घरधनीलाई डष्टवीन वितरण गरीएको थियो ।