सर्लाही । धड्कन एफएम गोडैता सर्लाहीका प्रवन्धक शिव कुमार महतोलाई धम्की दिने व्यक्तिले सार्वजनिक रुपमा माफी मागेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको पहलमा भएको छलफलमा आफुले गल्ती गरेको भन्दै पुर्व मन्त्री बिरेन्द्र प्रसाद सिंहको स्वकिय सचिव निकेश त्रीपाठिले आवेसमा आएर आफुले धम्किदिएको भन्दै आगामी दिनमा यस्ता खालका गल्ती नदोहोरिने भन्दै सार्वजनिक रुपमा माफी मागेका हुन । एक पटक गल्ती भएको हुदा सुधार गर्ने मौका दिन आग्रह गरेका त्रीपाठिले आगामि दिनमा समाचारको विषयमा चित्त नवुझे सम्वन्धित निकायमा जाने भन्दै एक पटकलाई माफी दिन आग्रह गरेपछि उनलाई माफ गरिएको पिडित पत्रकार शिवकुमार महतोले बताउनु भयो । महतोले गल्ती गर्ने मानिसलाई एक पटक सुध्रन मौका दिनुपर्छ भन्ने मान्यतामा रहेर आफुले माफ गरिदिएको बताउनु भयो ।

बरहथवा नगरपालिका निवासी त्रीपाठीले धड्कन एफएमको वेबसाईटमा फागुन १६ गतेको अनलाईन सस्करणमा प्रकाशित “मधेश प्रदेशका स्वास्थ्य मन्त्री बिरेन्द्र सिंहको दाई सुरेन्द्र सिंह भ्रष्टाचार मुदामा दोषी ठहर” भन्ने समाचारको शिर्षकमा छापिएको समाचारलाई लियर सो समाचार लेख्नु अगाडि आफुलाई सोध्नुपर्ने , समाचार नहटाए खुट्टा काटिदिने , त काहा छस भन म त्यही आएर पिट्छु भन्दै धम्कि दिएका थिए ।

त्रीपाठीले बुधबार दिउसो फोन गरी आफुले जे पनि गर्न सक्ने भन्दै धम्कि दिएपछि पिडित पत्रकार शिवकुमार महतोले नेपाल पत्रकार महासंघ, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनु भएको थियो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर