हतियार देखाएर एक समूहले धनुषामा सोमबार ८० लाख रुपैयाँ लुटपाट गरेका छन्।

श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेको ८० लाख रुपैयाँ अज्ञात समूहले पेस्तोल देखाएर लुटेका हुन्।

धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ स्थित रघुनाथपुरमा रकम लुटपाट भएको सूचना आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

महतोले झोलामा उक्त रकम राखेका थिए। रघुनाथपुरमा सहकारीको कार्यालय छ।

Laxmi bank
जिल्ला प्रहरी कार्यालय धनुषाका एक प्रहरी निरीक्षकका अनुसार महतो जनकपुरस्थित हिमालयन बैंकबाट रकम झिकेर रघुनाथपुर फर्किंदै थिए।

सोही क्रममा तीन जनाको समूहमा रहेको अज्ञात समूहले ८० लाख रुपैयाँसहित झोला लुटेर फरार भएको सूचना आएको प्रहरीको भनाइ छ।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले यस घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर