राजविराज । आर्थिक र सामाजिक रुपमा पछाडी रहेको समुदायका महिलाहरुलाई सशक्तिकरणको लागि सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रुई(च्ग्भ्) परियोजना संचालनमा ल्याइएको छ ।
छिन्नमस्ता गाउँपालिकाको समन्वयमा वल्र्ड फुड प्रोग्रामको नेतृत्वमा युएन(ग्ल्)को पाँचवटै एजेन्सीद्वारा उक्त पाँच वर्षे आयोजना संचालनमा आएको हो ।
उत्पादन मुलुक क्षेत्रमा लगाएर पिछडिएका महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने यो परियोजना संचालनमा ल्याईएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।
अध्यक्ष चौधरीले यस परियोजनामा ३४ वटाको समुहमा ९ सय भन्दा बढी महिलाको प्रत्यक्ष सहभागिता रहेको जानकारी बताए ।
छिन्नमस्ता गाउँपालिकाको वडा नं.३ र वडा नं.५ मा महिलाहरुको समुह बनाएर करिब ६ महिनादेखि यो परियोजना संचालानमा रहेको छ । यस परियोजना मार्फत उनीहरूलाई कृषि, लघु उद्यम सम्बन्धि तालिम, बिउ बिजन दिने तथा उत्पादन मुलुक क्षेत्रमा सघाउने कार्य गरिरहेको छ ।
अध्यक्ष चौधरीले बैशाख १७ गते वडा नं ३मा ६ सय ३१ जनालाई ६ हजार ७ सय २० केजी र वडा नं ५ मा १० केजीको दरले १ हजार ५ सय ७५ केजी धानको बीउ वितरण गरिएको बताउँदैे बिउ मदर सिड्स (आमा बिउ) रहेकोले अगामी वर्षमा पनि त्यसैबाट बिउ प्रयोग हुनसक्ने बताए ।
दोस्रो चरणमा महिला सदस्यहरूलाई निःशुल्क उन्नत जात अन्तर्गतको साबा मन्सुली,राधा १२,सुखा धान,बहुबुनी,सर्बना धानको मुल बिउ बितरण गरेका छौँ, जसले उत्पादनमा वृद्धि,पोषणलाई सबल,वातावरणीय प्रभावमा जलबायु अनुकूरण, जिबिकोपार्जनमा जोड तथा आर्थिक र सामाजिक रुपले पछाडी परेका महिलाहरुलाई आर्थिक सशक्तिकरणमा टेबा पुग्ने छ,’ उनले भने, ’यस परियोजना अन्तर्गत यस अघि कोदो(मरुवा)को बीउ ८० केजी, तरकारी तथा हिउँदे तरकारीको बिउ करिब ३० बिघा जमिनलाई पुग्ने गरि ५८ केजी बितरण गरिसकेका छौँ भने उन्नत जातको धानको बीउ ३ मेट्रीकटन,गहुँको बिउ १० हजार ८० केजी,आलु हाइल्याण्डको बिउ ७५० केजी बितरण गरिसकेका छौँ ।’
अध्यक्ष चौधरीले ५ बर्षको यस परियोजनमा करिब ५ अर्ब रुपैयाँ लागत लाग्ने जनाएका छन् ।
उनले भने, ’यो परियोजना ५ बर्षको छ, करिब ५ अर्ब लागत लाग्नेछ, यसमा अझै थप कार्यक्रमहरू हुँदै जानेछ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर