
सरोज कुमार यादव
सर्लाही। सर्लाहीको सदरमुकाम मलंगवाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको कमाण्डमा खटिएको प्रहरीको टोलीले माटो मुनी लुकाई राखिएको पेस्तोलमा प्रयोग गरिने ५३ राउण्ड गोली बरामद गरेको छ।
आज (बिहिवार) मलंगवा नगरपालिका–८, गोरखकाली नजिकैबाट उक्त परिमाणको गोलि बरामद गरिएको जील्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले जिल्लाको इश्वरपुर नगरपालिका–५, निवासी विजय महतोले गोरखकाली नजिकै संचालन गरेको मोटरसाईकल ग्यारेजको कवाड समान राखेको ठाउँबाट केएफ ७.६५ लेखीएको गोली बरामद गरिएको हो।
गोलि प्रहरीको टोलि, स्थानीय मानिसहरु र जनप्रतिनिधिहरुको रोहबरमा उक्त स्थानमा खनेर बरामद गरिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारि दिपक श्रेष्ठले जानकारी दिनु भयो।