सप्तरी,२९ चैत्र । सप्तरी फोटोग्राफर परिवार संघको एक जना सदस्यको असमाहित निधन भएको प्रति संघले दुःख व्यक्त गरेको छ।
बिहीवार संघका अध्यक्ष रमेश कुमार राउतले एक प्रेस विज्ञप्ति जारी गर्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ घर भई सुरेश डिजिटल स्टूडियो भारदहमा कार्यरत कालु श्रेष्ठको निधन भएकोमा दुःख व्यक्त गर्दै यस दुःखद् घडीमा परिवारजानलाई माता कंकालिनी भगवतीले धै्य धारण गर्ने शक्ति प्रदान प्रदान गरुन भन्ने कामना गरेको छ। स्वर्गिय श्रेष्ठको शोकमा संघले शनिवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका सबै फोटो स्टुडियो बन्द रहनेछ । साथै जिल्लाका अन्य ठाउँमा शनिवार दिउँसो १२ बजे सम्म स्टुडियो बन्द रहने संघ द्वारा जारी विज्ञप्तीमा उल्लेख छ।







