राजबिराज,९ चैत्र। गैर सरकारी संस्था महासंघ सप्तरीको बैठकले विभिन्न तीन वटा महत्वपूर्ण निर्णय गरेको छ।
गैर सरकारी संस्था महासंघको बिहीवार सम्पन्न कार्य समिति बैठकले जिल्ला बाहिरका विभिन्न संस्थाले कार्य्रकम संचालन गरेको तर त्यसको प्रभाकारिताबारे विभिन्न मञ्चहरुमा प्रश्न उठ्ने गरेकाले जिल्ला प्रशासन कार्यालय सप्तरीसंग त्यस्ता संस्थाहरुको स्वीकृति विवरण माग गर्ने निर्णय गरेको छ।
त्यस्तै कृतिम घट्ना अभ्यास कार्यक्रममा गैर सरकारी संस्था महासंघका प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ।
स्थानिय गाउँपालिका,नगरपालिकासंग समन्वय,सहकार्य एवम् सम्बन्ध विस्तार गर्न सप्तरीका १८ वटै पालिकामा गैर सरकारी संस्था महासंघको प्रतिनिधि पठाउने निर्णय गरेको महासंघका सप्तरी जिल्ला अध्यक्ष दीपक कुमार झाले जानकारी दिनुभयो।
बैठक गैसस महासङ्घको केन्द्रीय वरिष्ठ उपाध्यक्ष ध्रुव देवको विशेष उपस्थितिमा भएको थियो। सो क्रममा वरिष्ठ उपाध्यक्ष देवले गैर सरकारी संस्था महासंघले नेपालको सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरेपनि राज्यको मौजुदा कानुनका कारण गैसस महासंघ अहिले पनि सरकारसँग लडिरहेको बताए । उहाँले सप्तरीका स्थानिय गाउँपालिका, नगरपालिकाहरुमा लक्षित वर्ग केन्द्रित कार्यक्रमहरु जिल्ला बाहिरका संस्थाहरुले गर्ने गरेकाले त्यो अनुचित भएको बताए। वरिष्ठ उपाध्यक्ष देवले जुन स्थानिय पालिका हो त्यहीँको गैसस लाई त्यस्ता कार्यक्रमहरु पालिकाले उपलब्ध गराउने पर्ने हो । त्यसो नहुनु न्यायोचित नभएको बताउनुभयो।







