
राजविराज, २२ माघ । आम जनता पार्टीले विधुत प्राधिकरण राजविराजका प्रमुख इन्जिनियर लखनलाल मल्लिकलाई कारबाही गर्नुपर्ने लगायतका विभिन्न ८ सुत्रीय माग राखी उर्जा मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।
पार्टीका केन्द्रिय सदस्य इन्जिनियर प्रमोद राणा नेतृत्वको टोलीले सोमबार उर्जा तथा सिंचाइ मन्त्रालय सिंहदरबारमा ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले उर्जामन्त्रीका स्वकीय सचिव तिलकराज भण्डारी मार्फत उर्जामन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
आम जनता पार्टी आम जनता बिधुत प्राधिकरण पिडित परिवारको तर्फबाट उर्जा तथा सिंचाइ मन्त्रालयमा ८ सुत्रीय माग राखी ज्ञापनपत्र बुझाएको आम जनता पार्टी सप्तरीले जनाएको छ ।
बिधुत प्राधिकरणले आम जनताबाट असुल्ने गरेको २५ प्रतिशत जरिवाना बन्द गर्नुपर्ने, नयाँ मिटर जडान गर्दा लिदै गरेको रकम लिनु बन्द गर्नुपर्ने, जनतालाई अनावश्यक दुख दिने काम बन्द गर्नुपर्ने, बिना सुचना बिधुत लाइन काट्नु बन्द गर्नुपर्ने,बिना लोडसेडिङ्गको सप्तरीमा बिधुत लाइन काट्नु बन्द गर्नुपर्ने, सप्तरी राजबिराजका कार्यालय प्रमुख इन्जिनियर लखन लाल मल्लिकलाई कारबाही गर्नुपर्ने, बिधुत महसुस बुझाउन नसक्ने जनता तथा उधोगी व्यवसायीलाई ६० किस्तामा बुझाउन गरेको निर्णय आम जनतामा पनि लागू गर्नुपर्ने माग आम जनता पार्टीको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा आम जनता पार्टीका केन्द्रिय सदस्य इन्जिनियर प्रमोद राणा, बागमती प्रदेश सचिव तथा केन्द्रिय सदस्य मीन बहादुर खत्री ,केन्द्रिय सदस्य तथा महिला नेत्री बिभा साहलगायतका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।
