सिरहा,१७ माघ । जिल्ला वन कार्यालय सिरहा सब डिभिजन बन्दीपुरको टोलीले तस्करी गर्दै गरेको काठ पक्राउ गरेको छ।
सब डिभिजन वन कार्यालय,बन्दीपुरका वन अधिकृत मोहमद आबिद हुसैनको नेतृत्वमा,एएफ जी वन्दिपुर कमान्डर जमदार दुखी ठाकुर सहितको गस्ती टोलिले पक्राउ गरेको हो।
चेक जाँचको क्रममा अशोका लेल्याण्ड को पिकअप भ्यानमा चोरहरुवाट खरिद गरि ल्याउदै गरेको सखुवा प्रजातीको करिब १ सय क्युफिट चिरान फेण्टा सहित उक्त भ्यानका चालक सिरहाको कर्जन्हा नगरपालिका वार्ड नम्बर १ का लाई पक्राउ गरि जिल्ला डिभिजन वन कार्यालय सिरहा पठाएको छ ।
पक्राउ परेको काठ तथा कारोबारी बारे अनुसन्धान भइरहेको जिल्ला जिल्ला डिभिजन वन कार्यालय सिरहाले जनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर