
रुपनी, १३माघ(सप्तरी) । आमजनता पार्टीको भग्नी संगठन आम महिला मोर्चाले शनिवार सप्तरीको रुपनी बजारमा मसाल जुलुस सहित विरोध प्रदर्शन गरेका छन् ।
बैक तथा बित्तिय संस्थाहरुले लिने गरेको चर्को व्याज फिर्ता तथा लघुवित्त र सहकारीबाट लिएको ॠण मिनाहा गर्न माग गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन ।
आम जनता पार्टीका केन्द्रिय सदस्य ई प्रमोद राना र आम महिला मोर्चा लघुवित्त पीडित परिवार सप्तरीकी अध्यक्ष सावित्री चौधरीको नेतृत्वमा विभिन्न नारावाजी गर्दै मसाल जुलुस सहित रुपनी बजार परिक्रमा गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसंग सामान्य घम्साघम्सी समेत भएको लघुवित्त पीडितहरुले बताए । बिहिबार पनि पुर्व पश्चिम लोकमार्गको रुपनी स्थित आम जनता पार्टीका कार्यकर्ताहरुले १ घण्टा चक्का जाम गरेका थिए।
विरोध कार्यक्रममा केन्द्रिय सदस्य ई.प्रमोद राणा, जिल्ला उपाध्यक्ष देव कुमारी सेन्चुरी, सचिब ई.सुनिलराज दास,विभा साह, संजीव साह लगायतका सयौं लघुवित्त पीडितहरु आम महिला मोर्चाका कार्यकर्ताहरु सहभागी थिए ।
