राजविराज,६ माघ । राजबिराज नगरपालिकाका वडा सदस्यहरुको जारी आन्दोलन प्रति विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले एक्यवद्धता जनाएका छन्।

शनिवार तेश्रो दिनको धर्ना कार्यक्रममा नेपाली काँग्रेसबाट राजबिराज नगरपालिकाको नगर प्रमुख पदमा गत निर्वाचन उम्मेदवार रहेका इर्साद अन्सारीले धर्ना स्थल पुगी जारी आन्दोलन प्रति एक्यवद्धता जनाएका हुन्।

राजविराज नगरपालिकाका वडा सदस्यहरुले विभिन्न ७ बुँदे माँग राखी माघ ४ गते देखि नगरपालिकाको मूलद्वार अगाडी धर्ना दिँदै आएका छन्।

गत पुस २२ गते राजविराज नगरपालिकाका कार्यबाहक नगर प्रमुख ईसरत प्रविणलाई अटिमेटम सहितको माग सम्बोधन गर्न ज्ञापन पत्र बुझाए पनि नगर प्रमुखले वास्ता नगरेका कारण उनीहरूले धर्ना लाई निरन्तरता दिएका हुन्।

राजविराज नगरपालिका वडा नं.७ का वडा सदस्य एवम् संघर्ष समितिका संयोजक रामानन्द देवको नेतृत्वमा शनिवार तेश्रो दिन पनि दिउँसो १ बजे देखि २ बजे सम्म धर्ना दिएका हुन ।

शनिवारको धर्नामा पनि विभिन्न व्यक्तित्वहरुले एक्यवद्धता जनाएका छन्।  यसअघि शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट नगर प्रमुखको उम्मेदवार भएका दीपेन्द्र चौधरीले धर्ना स्थल पुगी  एक्यबद्धता जनाएका थिए।

आफूहरुको माग पूरा नभएसम्म धर्ना जारी रहने संघर्ष समितिका संयोजक रामानन्द देवले बताउनुभयो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर