राजविराज,५ माघ । राजबिराज नगरपालिकाका वडा सदस्यहरुले शुक्रवार दोश्रो दिन पनि नगरपालिकाको मूलद्वार अगाडी धर्ना जारी राखेका छन् ।

राजविराज नगरपालिकाका वडा सदस्यहरुले विभिन्न ७ बुँदे माँग राखी गत पुस २२ गते राजविराज नगरपालिकाका कार्यबाहक नगर प्रमुख ईसरत प्रविणलाई अटिमेटम सहितको माग सम्बोधन गर्न ज्ञापन पत्र बुझाए पनि नगर प्रमुखले वास्ता नगरेका कारण उनीहरूले धर्ना लाई निरन्तरता दिएका हुन्।

राजविराज नगरपालिका वडा नं.७ का वडा सदस्य एवम् संघर्ष समितिका संयोजक रामानन्द देवको नेतृत्वमा शुक्रवार दोश्रो दिन पनि दिउँसो १ बजे देखि २ बजे सम्म धर्ना दिएका हुन ।

आफूहरुको माँग पूरा गर्न नगर प्रमुख उदासीन रहेकोले  बाध्य भएर धर्ना जारी राखेको संयोजक देवको भनाइ छ।

शुक्रवारको धर्ना कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले एक्यवद्धता जनाएका छन्।  वडा सदस्यहरुको धर्नामा समर्थन दिन लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट नगर प्रमुखको उम्मेदवार भएका दीपेन्द्र चौधरी समेत धर्ना स्थल पुगेका थिए।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर