राजविराज, ३ माघ । राजविराज नगरपालिकाका वडा सदस्यहरुले आफ्ना माँगहरु पूरा नभएको भन्दै विहिवार देखि एक घण्टा धर्ना दिने भएको छ ।
राजविराज नगरपालिका वडा नं.७ का वडा सदस्य रामानन्द देवको संयोजकत्वमा बनेको संघर्ष समितिको पुस २९ गते बसेको बैठकले उतm निणर्य गरेको हो ।
राजविराज नगरपालिकाका वडा सदस्यहरुले आफ्ना माँगहरु राखी गत पुस २२ गते राजविराज नगरपालिकाका कार्यबाहक नगर प्रमुख ईसरत प्रविणलाई अटिमेटम सहितको ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्रमा तोकिएको समयावधि भित्र आफ्ना माँगहरु पूरा नभएकोले बाध्य भएर विहिवार देखि एक घण्टा धर्ना दिने संघर्ष समितिका संयोजक रामानन्द देव कोशी टेलिभिजनलाई जानकारी दिनुभयो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर