सुनसरी । सुनसरीको इनरुवा अस्पतालका ८ जना मेडिकल अधिकृतले सामूहिक राजीनामा बुझाएका छन् । चिकित्सकहरूलाई मानसिक तनाव दिने तथा गाली गलौज गर्ने र धम्काउने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्टले नै मौन समर्थन गरेको भन्दै उनीहरुले शुक्रवार समूहिक राजीनामा दिएका हुन् ।

सामूहिक राजीनामा बुझाउनेमा चिकित्सकहरूमा डाक्टर महेशकुमार शाह, डा. रतिकुमार यादव, डा. आशिष देव, डा. अभिषेककुमार सिंह, डा. श्रेया पंगेनी, डा. कृतिका हमाल, डा. दीपेन्द्र मेहता र डा. वीरेन्द्र मण्डल छन् ।

पटक पटक गाली गलौज, धम्की दिई मानसिक यातना दिएको कुरा सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, नेपाल मेडिकल एसोसिएसन र अस्पताल व्यवस्था समितिलाई समेत जानकारी गराइएको पत्रलाई उल्लेख गरिएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर