
भर्खरै मर्जरपछि बनेका दुई वाणिज्य बैंकका अध्यक्षहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग शपथ लिएका छन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष लीलाप्रकाश सिटौलाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको हो भने प्रभु र सेञ्चुरी मिलेर प्रभु बैंक लिमिटेड बनेका हुन्।