
शाहरुख खान आफ्ना फ्यानलाई सरप्राइज दिइरहेका हुन्छन्। खासमा उनी आफ्ना फ्यानलाई निकै माया गर्छन्।



शाहरुखसँगको भेटका तस्बिर सेयर गर्दै जतिन गुप्ता नामका उनका फ्यानले लेखेका छन्, ‘हाम्रो लागि समय निकाल्नुभएकोमा शाहरुखलाई धन्यवाद। तपाईंजस्तो रातको २ बजे आफ्ना फ्यानका लागि अरु कुनै सुपरस्टार उपलब्ध भएका छैनन्। हामीलाई होटलको कोठामा बोलाएर राम्रो समय दिनुभयो। हामीलाई सम्मान र आशिष दिनुभएकोमा धन्यवाद। म तपाईंलाई यति राती परेशान गरेकोमा माफी चाहन्छु, तर म तपाईंलाई माया गर्छु।’

शाहरुखका ती भाग्यशाली फ्यानको तस्बिरबारे उनका अरु फ्यानले विभिन्न प्रतिक्रिया दिइरहेका छन्। एक फ्यानले कमेन्ट सेक्सनमा लेखेका छन्, ‘जतिन तिमी धेरै भाग्यमानी छौ।’
अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो सपना साकार भएको जस्तै हो।’
अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘म यो होटलबाट १ किलोमिटर टाढा बस्छु, मैले यो अवसर गुमाएँ।’
शाहरुख अभिनीत ‘पठान’ २५ जनवरीमा रिलिज हुने तयारीमा छ।