काठमाडौँ । नितिश कुमारले आज (बिहीबार) बिहारको मुख्यमन्त्री पदको शपथ खाएका छन्।

यसपटक उनले बिहारको मुख्यमन्त्रीका रूपमा दसौँपटक शपथ खाएका हुन्।

नितिश कुमारपछि भाजपाका सम्राट चौधरीले पनि मन्त्रीका रूपमा शपथ खाएका छन्।

पटनाको गान्धी मैदानमा आयोजित शपथ समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, एनडीए नेताहरू र धेरै राज्यका मुख्यमन्त्री उपस्थित थिए।

सम्राट चौधरीपछि विजय कुमार सिन्हाले मन्त्री पदको शपथ खाए।

नयाँ बिहार सरकारमा विजयकुमार चौधरी, विजयेन्द्र प्रसाद यादव, श्रवण कुमार, मंगल पाण्डे, दिलीप जयसवाल र अशोक चौधरी मन्त्रीका रूपमा पद र गोपनीयताको शपथ खाए।

राज्यपाल आरिफ मोहम्मद खानले लेशी सिंह, नितीन नवीन, मदन सहनी, राम कृपाल यादव, सन्तोष कुमार सुमन र सुनील कुमारलाई पनि मन्त्री पदको शपथ खुवाएका छन्।

यसपछि मोहम्मद जामा खान, संजय सिंह टाइगर, अरुण शंकर प्रसाद, सुरेन्द्र मेहता, नारायण प्रसाद र रमा निषादले पनि मन्त्री पदको शपथ खाए।

अन्त्यमा लखेन्द्र कुमार रोशन, श्रेयसी सिंह, डा. प्रमोद कुमार, संजय कुमार, सञ्जयकुमार सिंह र दीपक प्रकाशले शपथ खाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नितिश कुमार २० वर्षदेखि बिहारको मुख्यमन्त्री छन्।

यस्तो छ नितिशको मुख्यमन्त्री यात्रा:

सन् २००० – केवल ७ दिनका लागि पहिलो मुख्यमन्त्री

सन् २००५ – दोस्रोपटक सत्तामा फर्किए

सन् २०१० – तेस्रो शपथ ग्रहण

सन् २०१५ (फेब्रुअरी) – जितन राम माझीको राजीनामापछि चौथोपटक

सन् २०१५ (नोभेम्बर) – महागठबन्धन सरकारको मुख्यमन्त्री बने

सन् २०१७ – महागठबन्धन टुटेपछि फेरि एनडीएमा फर्किंदै छैटौँपटक मुख्यमन्त्री

सन् २०२० – सातौँपटक शपथ ग्रहण

सन् २०२२ – फेरि महागठबन्धनसँग सरकार गठन र आठौँ पटक मुख्यमन्त्री

सन् २०२४ – नवौँपटक एनडीएमा फर्किए र मुख्यमन्त्री बने

सन् २०२५ – आज एनडीएबाटै १०औँ पटक मुख्यमन्त्री बन्दै

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर