काठमाडौं । झुटा विवरण पेस गरेर अंगीकृत नागरिकता लिन खोजेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका ५१ वर्षीय हरिओम कुमार, २० वर्षीय ऋषि गुप्ता र १८ वर्षीय हर्ष गुप्ता रहेका छन् ।

झुटा विवरण दिएर वडा कार्यालयबाट सर्जमिन मुचुल्कासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुसूची १ को फारम भरिसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हर्ष र ऋषिले आफूसँगै व्यापार गर्दै आएका आफ्ना बुबालाई बेपत्ता भएको बनाएर वंशजको नाताले नागरिकता ऐन, २०६३ को दफा ३ (१) बमोजिम नागरिकता लिन खोजेको पाइएको छ ।

मंगलबार पक्राउ परेका उनीहरूमाथि छानबिन गर्न नागरिकता ऐन अन्तर्गतको कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिइएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर