धरान प्रहरीले चाडपर्व लक्षित २४ घण्टे ‘क्विक रेस्पोन्स टिम’ (क्युआरटी) परिचालन गरेको छ ।

प्रदेश प्रहरीमार्फत ३० बढी प्रहरी परिचालन गर्दै चाडपर्व लक्षित सुरक्षा संवेदनशीलतालाई मध्येनजर गरेर ‘क्युआरटी’ परिचालन गरिएको डिएसपी नवराज मल्लले जानकारी दिए ।

सन्चारकर्मीमाझ चाडपर्व लक्षित शुभकामना आदानप्रदान र सुझाव सङ्कलन कार्यक्रममा डिएसपी मल्लले धरानको छाताचोक र धरान १६ स्थित जोरसखुवालगायतका ४ स्थानमा १८ घण्टा नियमित प्रहरी परिचालन गरिएको बताए ।

उनले चाडपर्व लक्षित सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दै धरानका बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसललगायतका क्षेत्रमा प्रहरी जनशक्ति परिचालन गरिएको बताए ।

जिल्ला सुरक्षा समन्वय समितिले निर्णय गरेअनुसार १० बजेभन्दा पछाडि बजार, पसल बन्द गर्न गरेको निर्णय कार्यान्वयन गर्ने बताए ।

‘सुरक्षा संवेदनशीलता जति छ, धरानको आर्थिक संवेदनशीलता उत्ति नै छ, प्रहरी त्यसमा बाधक हुँदैन,’ डिएसपी मल्लले भने, ‘तर सुरक्षाका विषयमा इलाका प्रहरी कार्यालय कम्पर्माइज गर्दैन ।’

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर