भैरहवा — उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयन गरेको छ। रुपन्देहीको भैरहवामा सम्पन्न एकता महाधिवेशन–२०८२ ले रामअवतार यादवलाई प्रदेश अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।

रुपन्देहीको सियारी–५ निवासी यादव यसअघि पार्टीको प्रदेश कार्यवाहक अध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन्।

जसपा नेपाल केन्द्रीय निर्वाचन आयोगका सचिव ई. मनोजकुमार वर्माका अनुसार नयाँ २७ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको हो।

प्रदेश समितिमा निर्वाचित पदाधिकारीहरू

  • उपाध्यक्षहरू :

    • चन्द्रधामा रैदास

    • मोहम्मद असलम खान

    • रेनु सिंह

  • सचिवहरू :

    • शिवकुमार चौधरी (थारू)

    • इना मुल्लाह फकिर

    • शिवपुजन यादव

  • कोषाध्यक्ष :

    • बच्चुलाल केवट

महाधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले शनिबार गरेका थिए। केन्द्रीय सदस्य विद्याप्रसाद यादवका अनुसार अधिवेशनले संगठन सुदृढीकरण, राजनीतिक र सांगठनिक रणनीतिसम्बन्धी महत्वपूर्ण निर्णयहरू पनि पारित गरेको छ।

नव–निर्वाचित नेतृत्वले लुम्बिनी प्रदेशमा पार्टीको संगठन मजबुत बनाउने तथा आगामी राजनीतिक प्रक्रियामा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर