राजविराज,३० चैत्र । भ्रष्टाचार मुद्दामा दोषी ठहर भई विगत एक वर्षदेखि सप्तरी प्रहरीको खोजी सूचीमा रहेका रुपनी गाउँपालिकाका -१ का निवर्तमान वडा अध्यक्ष पिताम्बर यादव पक्राउ परेका छन ।
शुक्रवार साँझ जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रहरी टोलीले रुपनी -राजविराज सडक खण्डबाट यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई सर्वोच्चको फैसला अनुसार ६ महिना कैद सजाय भुक्तान गर्न कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
पहिलो पटक भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट २०७४ साल पुस २१ गते को फैसला अनुसार दोषी ठहर भएका यादवलाई विशेषले ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसलालाई नै सर्वोच्च अदालतले सदर गरिदिएको छ।
विशेष अदालतबाट भएको फैसलामा अन्याय भएको भन्दै यादवले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।
सर्वोच्च अदालतका न्यायाधीश हरी प्रसाद फुयाँल र टंक प्रसाद ढुंगानाको इजलासले २०८० फाल्गुन २२ गते विशेष अदालतबाट भएको फैसला नै सदर गरिदिएका हुन ।
जिल्ला शिक्षा कार्यालय दैलेखमा सब ओभरसियर पदमा जागिरका लागि यादवले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र सबै नक्कली रहेको भेटियो।
सरकारी कागजात, किर्ते गरेको अभियोगमा उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग काठमाडौंले अनुसन्धान गरी सबूत प्रमाण सहित यादव बिरुद्द भ्रष्टाचार मुद्दा दायरको थियो ।
फैसला अनुसार यादवले अब ६ महिना जेल सजाय भोग्नु पर्ने हुन्छ ।
यादव वडाध्यक्ष पदमा निर्वाचित हुनुअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा २०६९ माघ १५ देखि ०७४ जेठ १० सम्म तत्कालीन जिल्ला शिक्षा कार्यालय दैलेखमा सब–इन्जिनियर पदमा जागिर खाएका थिए ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा करार सेवामा जागिर खाएका यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा ०७४ पुस २१ गते अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को कसुरमा दोषी ठहर गर्दै ६ महिना कैद र १५ हजार जरिवाना गर्ने फैसला सुनाएको थियो ।
भ्रष्टाचार मुद्दा चलिरहँदा नै यादवले जागिर छाडेर चुनाव लडेका थिए । वडाध्यक्ष पदमा निर्वाचित भइसकेपछि दोषी ठहर भएका यादव सर्वोच्च अदालत गएका थिए ।
२०८० फागुन २२ गते सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलास गरेको फैसलाको पूर्णपाठ हेर्नुहोस्-

यादव माथि रुपनी गाउँपालिका -१ का स्थानीय तत्कालीन समयमा वडा अध्यक्षका उम्मेदवार बनेका राजु जयसवालले जिल्ला निर्वाचन कार्यालय सप्तरीमा उजुरी दिएका थिए।
स्थानिय तह निर्वाचनमा यादव संग पराजित भएका जैसवालले आयोगमा विशेष अदालतबाट भएको फैसलामा कार्यान्वयन गर्न माग गरेका थिए। आयोगबाट निलम्बन नभएपछि उनी पछि पुनरावेदन पुगेका थिए।
यी हुन् जयसवालले गरेको उजुरी-







