सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ स्थित पूर्व-पश्चिम राजमार्गमा बिहीबार बिहान माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नम्बरको माइक्रोबस अचानक अनियन्त्रित भई सडक छेउमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गाडीका चालकसहित १२ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि सप्तकोशी न्युरो अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर