राजविराज, २३ साउन । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ स्थित ब्रह्मपुरबाट शनिबारदेखि औपचारिक रूपमा ‘उज्यालो टोल अभियान’ सुरु भएको छ। “उज्यालो टोल, सुरक्षित समाज (आफ्नै टोलबाट रामराज्यको सुरुवात)” भन्ने मुख्य नाराका साथ अभियानको उद्घाटन गरिएको हो।
टोल–टोलमा सडक बत्ती जडान गर्ने, खेत–खेतमा सिँचाइको सुविधा पुर्‍याउने तथा युवाहरूलाई दुर्व्यसन र कुलतबाट जोगाउने मुख्य उद्देश्यका साथ अभियानको थालनी गरिएको आयोजकले जनाएको छ।

“हाम्रो टोल, हाम्रो गौरव: एक घर, एक बल्ब सहयोग अभियान” लाई अघि सार्दै “अँध्यारो हटाऔँ, आफ्नो टोल आफैँ चम्काऔँ” भन्ने मूल मर्मका साथ जनसहभागितालाई जोड दिइएको छ।
स्थानीय युवा अभियान्ता एवम् संयोजक दिपेश कुमार मण्डल (नरेश) को अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन नगर प्रमुख रामलखन मलाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

अभियानबारे प्रस्ट्याउँदै “विकृति र असुरक्षाविरुद्ध—हरेक पोलमा उज्यालो” तथा “नयाँ सोच, नयाँ नेतृत्व: शून्य बजेटबाट जनसहभागिताको यात्रा” भन्ने संकल्पका साथ स्थानीय स्तरबाटै परिवर्तनको प्रयास थालिएको संयोजक मण्डलले बताए।

उद्घाटन कार्यक्रममा नगर उप-प्रमुख मिरा कुमारी यादव विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी निरन्जन चौधरी, रामेश्वर मेमोरियल माध्यमिक विद्यालय ब्रह्मपुरका प्रधानाध्यापक बिरेन्द्र कुमार यादव, विद्यालय व्यवस्थापन समितिका उमेश कुमार मण्डल, बिरेन्द्र कुमार साह, भुलाई राम, बुद्धि साह, राम बिलास शरण र श्याम सुन्दर यादव लगायतका अतिथिहरूले अभियानको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर